Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – काठमाडौंको सिनामंगलमा रहेको विमान संग्रहालय आजदेखि सबैका लागि खुला गरिएको छ । नागरिक उडड्यन प्राधिकरणसँगको सहकार्यमा वेद उप्रेती ट्रस्टले करीब ७ करोडको लगानीमा संग्रहालय सञ्चालनमा ल्याएको हो ।

कात्तिक १८ गतेबाट ९ देखि १२ कक्षाका विद्यार्थीका लागि मात्रै खुला गरिएको थियो । टिकट दर तोकिएपछि संग्रहालय सर्वसाधारण सहित सबैका लागि खुला गरिएको प्राधिकरणको सञ्चालन समितिले जनाएको छ । समितिले सर्वसाधारणलाई २ सय ५० रुपैयाँको टिकट तोकको छ भने परिचयपत्रबाहक विद्यार्थी तथा अपाङ्गता भएकाले १ सय २५ रुपैयाँ तिनुपर्छ । पाँच वर्षसम्मका बालबालिकालाई टिकट नलाग्ने तथा विदेशीले ५ सय रुपैयाँ तिनुपर्ने ट्रस्टका सीईओ वेद उप्रेतीले बताउनुभयो ।

टर्कीको राजधानी इस्तानबुलबाट काठमाडौंका लागि उडेको टर्किस ध्वजाबाहक यो विमान २०७१ फागुन २० गते अवतरणका क्रममा दुर्घटनामा परेको थियो । आठ महिना मात्रै उडेको एयरबस कम्पनीको ३३०-३०० सिरिजको यो विमान विश्वभर कतै पनि संग्रहालयका रुपमा प्रयोग भएको छैन । २१ दिनको अवधिमा ५० हजार बढी विद्यार्थीले संग्रहालयको अवलोकन गरेको उप्रेतीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया