शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

टोकियो – शुल्क समयमा तिर्न नसकेको आरोपमा अबैधानिक रुपमा आफुलाई स्कुलबाट निकालिएको भन्दै एक श्रीलंकाली बिद्याथीले आफु अध्ययन गरेको भाषा स्कुल बिरुद्ध मुद्दा दायर गरेका छन् । सागाकेनमा अवस्थित एक जापानी भाषा स्कुल बिरुद्ध २५ लाख येन क्षतिपूर्ति सहित आफ्नो बिद्यार्थी स्टाटस फिर्ता गरिदिन माग गर्दै यहि नोभेम्बर १५ तारिखका दिन उनले आफ्ना वकिलहरु मार्फत क्षेत्रिय अदालतमा मुद्दा दायर गरेका हुन ।

ती बिद्यार्थीको पक्षबाट मुद्दा लडिरहेका वकिलहरुका अनुसार उक्त भाषा स्कुलले श्रीलंकामै गई बिज्ञापन गर्ने क्रममा जापानमा अध्ययन गर्दै महिनामा २०० घण्टासम्म काम गर्न पाउने भन्दै झुठा जानकारी दिएको बताएका छन् । त्यो सुनेर ती बिद्यार्थीले १ बर्षको अध्ययन शुल्क बापत करिब ९ लाख येन अग्रिम रुपमा भुक्तानी गरी सन् २०१६ को सेप्टेम्बर महिनामा जापान आएका थिए । यस बर्षको जनवरी लाग्नासाथ पुनः उनलाई दोश्रो बर्षको शुल्क पनि तिर्न भनिएकोले अत्याधिक काम गर्न बाध्य भएको बताईएको छ ।

गत मार्च महिनामा भिसा नबिकरण गर्न आवेदन दिंदा उनले हप्तामा २८ घण्टा मात्र काम गर्न पाउने कुरा पहिलो पटक थाहा पाएको बताए । जसको कारण काम घटाउँदा अध्ययन शुल्क तिर्न कठिन भएको बताए । जसको कारण भाषा स्कुलले स्कुलबाट निकालेको र आफुले काम गर्ने ठाउँमा पनि सो जानकारी दिएकोले काम गर्न नपाएको उनको भनाई छ । उनले आफुलाई अबैधानिक रुपमा निकालिएको भन्दै पुनराबेदन गरेपछि अक्टोबर महिनामा बिद्यार्थी भिसाको स्टाटस त पुनः प्राप्त गरे तर आर्थिक अभावको कारण अध्ययन नगरी आफ्नै देश फर्किए । उनले आफ्ना वकिलहरु मार्फत मुध्दा दायर गरेका हुन् । स्कुल पक्षका वकिलहरुले भने २०० घण्टा काम गर्न पाउने जानकारी नदिएको र उनको कागजपत्र नक्कली भेटिएकोले स्कुलले निष्काशन गरेको बताएको समाचारमा उल्लेख छ ।***

तपाईको प्रतिक्रिया