आइतबार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

टोकियो-बिहुँकोट समाज जापान कान्साइ क्षेत्रीय समितिको दोस्रो अधिवेशनले  कृष्णप्रसाद सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन  गरिको छ ।

सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा तोयनाथ रिजाल, उपाध्यक्षमा राजु कँडेल, सचिवमा बेदप्रसाद कँडेल, कोषाध्यक्षमा पोषण कँडेल निर्वाचित भएका हुन्  । त्यसैगरी अधिवेशनले  सदस्यहरुमा खगराज कँडेल, डिलाराम कँडेल, आनन्द कँडेल र राम प्रसाद कँडेललाइ छनोट गरेको  छ।

प्रेमप्रसाद कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्टार ग्रुपका संयोजक दिलीप कँडेल , बिहुकोट समाजका उपाध्यक्ष ईन्द्रलाल सुवेदी, गोबिन्द प्रसाद कँडेल, केन्द्रीय सदस्य गंगा कडेल (मिलन) लगाएतको अतिथ्यता रहेको थियो । समितिका कोषाध्यक्ष प्रेमप्रसाद कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समाजका केन्द्रीय उपाध्यक्ष  कँडेलले नव निर्वाचित कार्य समितिलाई सपथ गराएका थिए ।

अधिवेशनले सल्लाहाकारहरूमा केन्द्रीय अध्यक्ष गोविन्दप्रसाद कँड़ेल, ईन्द्रलाल सुवेदी, दिलिप कँडेल, कृष्ण शर्मा, प्रेमप्रसाद कँडेललाई चयन गरेको छ । कार्यक्रम क्षेत्रीय उपाध्यक्ष कृष्ण शर्माको अध्यक्षता र बेदप्रसाद कँडेलको  संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया