Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – भनिन्छ, रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु ठीक । रोग लाग्न नदिनका लागि जीवनशैली र खानपानमा ध्यान दिन जरुरी हुन्छ ।

अझ क्यान्सरजस्तो रोगबाट बच्नका लागि त जीवनशैली नै अत्यावश्यक हुन्छ । विश्वमा क्यान्सर रोगीको संख्या अत्यधिक रूपमा बढ्दो छ । यो यति खतरनाक रोग हो कि समयमा उपचार गरिएन भने ज्यानै जान्छ ।

तर, हामीले अस्वस्थ जीवनशैली त्यागेर स्वस्थ जीवनशैली अपनाउन सकियो भने क्यान्सरजस्तो रोगबाट बच्न सकिन्छ । क्यान्सरबाट बच्नका लागि यस्ता खाद्य पदार्थको प्रयोग गर्नुपर्दछः-

–विशेषगरी तारेको, भुटेको खानेकुराको प्रयोग गर्नु हुँदैन । यस्ता खानेकुराले शरीरको जुनसुकै ठाउँमा पनि क्यान्सर हुन सक्छ । केमिकल हालेका खाद्य पदार्थको पनि प्रयोग गर्नु हुँदैन । बजारमा उपलब्ध सागसब्जी र फलफूल किन्दा विशेष ध्यान पुर्‍याउनुपर्दछ ।

–माछामासुको प्रयोग घटाउनुपर्छ र गोडागुडीको प्रयोग बढाउनुपर्छ, जस्तो कि सिमी, केराउ, चना आदि ।

–बजारमा उपलब्ध जंकफुडहरू खानु हुँदैन । बढी चिल्लो, गुलियो र प्याकेजिङ खानेकुराको नियमित प्रयोगले पनि क्यान्सर हुन सक्छ ।

–नुन कम भएका खानेकुरा खाने गर्नुपर्छ । नुनको अत्यधिक प्रयोगले पनि क्यान्सरको सम्भावना बढाउँदै लैजान्छ ।

–सुर्तीजन्य पदार्थ र अल्कोहल बढी प्रयोग गर्ने मानिसलाई क्यान्सर हुने खतरा हुन्छ । विभिन्न अनुसन्धानले भनेको छ कि क्यान्सरका ९० प्रतिशतभन्दा बढी रोगीहरू सुर्ती र अल्कोहलको प्रयोगकर्ता छन् ।

–शारीरिक व्यायाम कम गर्ने मानिसलाई पनि क्यान्सर हुन सक्छ । –एजेन्सी

तपाईको प्रतिक्रिया