Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं । सरकारले बुढीगण्डकी जलाशययुक्त आयोजना आफैले निर्माण गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी लगानीमा आयोजना निर्माण गर्ने निर्णय गरेको उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले जानकारी दिनुभयो । मन्त्री थापाका अनुसार अब बुढीगण्डकी आयोजना विद्युत प्राधिकरणले निर्माण गर्ने छ । इन्जिनियरिङ प्रक्र्युरमेन्ट एन्ड कन्ट्रक्सन (इपिसी) मोडलमा मोडलमा निर्माण गर्न विद्युत प्राधिकरणलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

सरकारले प्राधिकरणलार्इ आवश्यक प्रक्रिया अगाडि बढाउनसमेत निर्देशन दिएको छ । १२ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना एक चिनियाँ कम्पनीलार्इ निर्माण जिम्मा दिने पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सम्झौता एक साता अघि मात्र खारेज गरेको थियो।

तपाईको प्रतिक्रिया