Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – पछिल्लो समयमा बालबालिकाहरूको आकस्मिक मृत्यु बढिरहेको छ । सामान्य तरिकाले हेर्दा यस्तो मृत्युको कुनै कारण नै भेटिँदैन । यसरी कुनै रोग नलागेजसरी हुने मृत्युको रहस्यबारे विष्णुरथ गिरी यस्तो बताउँछन् :

सर्कनु
बालबालिकाको स्वभाव यस्तो हुन्छ कि जे भेटे पनि मुखमा हालिहाल्छन् । यसरी मुखमा हालेका खाद्य तथा अखाद्य गेडागुडी श्वासनलीमा पनि छिर्न जान्छ र सर्किन्छ । यसले श्वासप्रश्वासमा बाधा उत्पन्न गर्छ र तत्काल मृत्युसमेत हुन सक्छ ।

मिर्गीको प्रकोप
कतिपय बच्चामा मिर्गीको समस्या हुन जान्छ । जस्तै, तत्काल श्वासप्रश्वास रोकिने, सर्किने वा मुटु बन्द भएर बालबालिकाको मृत्यु हुन जान्छ ।

जन्मजात मुटुरोग
कतिपय बालबालिका मुटुको रोग बोकेरै जन्मन्छन् । यस्ता बालबालिकामा जुनसुकै समय मुटुको चालमा गडबडी आउन सक्छ । जसकारण बालबालिकाको तत्काल मृत्यु हुन सक्छ ।

सडेन इन्फेन्ट डेथ सिन्ड्रोम (एसआइडिएफ)
कहिलेकाहीँ स्वस्थ रूपमै सुतेको बच्चा पनि मृत अवस्थामा फेला पर्न सक्छ । घोप्टो पारेर सुताउँदा, बच्चाको छेउमा बसेर चुरोट खाँदा पनि यसरी आकस्मिक मृत्यु हुन सक्छ ।

तपाईको प्रतिक्रिया