Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काँकडभिट्टा – पछिल्लो समय सुधारोन्मुख मेची अञ्चल अस्पतालले तीन शय्याको निःशुल्क हेमो डाइलासिस सेवा शुरु गरेसँगै बिरामीको चाप बढ्न थालेको छ ।

बिर्तासिटी र ओमसाई पाथिभरा अस्पतालले यसअघिदेखि नै डाइलासिस सेवा शुरु गरेको भए पनि सरकारी अस्पतालमा तीन महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हो । अस्पतालमा चारवटा डाइलासिस उपकरण छन् । जसमध्ये तीन वटा सञ्चालनमा र एउटा व्याकअपमा राखिएको हेमो डाइलासिस वार्डकी इञ्चार्ज स्मृति पाण्डेले जानकारी दिनुभयो । सरकारी अस्पताल भएकाले यहाँ डाइलासिस गराउन आउनेको चाप बढ्न थालेको वार्ड इञ्चार्ज पाण्डे बताउनुहुन्छ ।

अस्पताललाई दुई वटा उपकरण स्वास्थ्य मन्त्रालयले दिएको र थप दुई वटा उपकरण आन्तरिक स्रोतबाट खरिद गरिएको हो । कृत्रिम किड्नीको काम गर्ने डाइलाइजर र औषधिसमेत अस्पतालबाटै उपलब्ध गराइएको पाण्डेले बताउनुभयो । शनिबारबाहेक हप्तामा छ दिन डाइलासिस सेवा दिइँदै आएको मेची अञ्चल अस्पतालमा सो सेवा सञ्चालनका लागि विद्युत् व्याकअपको भने अभाव छ ।चौबीसै घण्टा विद्युत् व्याकअप चाहिने यस सेवाका लागि अस्पतालमा जेनेरेटरको व्यवस्था बाहेक अर्को विकल्प छैन ।

डाइलासिस सेवाका लागि दुईजना नर्सिङ स्टाफ र एकजना प्राविधिकलाई खटाइएको छ । अस्पतालको डाइलासिस सेवा राम्रो भएको सेवाग्राहीले बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया