काठमाडौं – दम रोगबारे सबैलाई जानकारी छ । यो रोग श्वासनलीमा हुने विभिन्न समस्या तथा कीटाणुहरूबाट हुन सक्ने संक्रमणबाट ग्रसित भएपछि देखिन्छ । दमले फोक्सोसम्म असर गर्छ । सुरुवातमा त्यति धेरै दुःख नदिए पनि बिस्तारै ठूलो समस्याका रूपमा देखिन्छ । त्यसैले वेलैमा होसियारी अपनाई जेचजाँच गराउन जरुरी छ । दम फोक्सोको एकखाले दीर्घ रोग हो । यसमा श्वासनलीको मांसपेशीमा संकुचन (खुम्च्याई) आई सास फेर्न गाह्रो हुन्छ । श्वासनली साँघुरिने प्रक्रिया अस्थायी तवरको भए पनि फोक्सोमा आवश्यक मात्रामा अक्सिजन पुर्याउन सकिँदैन र प्रभावित व्यक्तिलाई गाह्रो हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार ३० करोड मानिस दमबाट प्रभावित छन् ।
लक्षण
सास फेर्न गाह्रो हुनु ।
उकालो अथवा ओरालो हिँड्दा सास बढ्नु ।
छाती दुख्नु ।
घ्यारघ्यार हुनु ।
छाती कस्सिएको अनुभव हुनु ।
खोकी लाग्नु ।
पहेँलो तथा फिँजजस्तो खकार आउनु ।
अनिद्रा, थकान, आलस्य बढ्ने ।
ध्यान दिनुपर्ने कुरा
तातो पानीमा जोड दिने ।
नाक–मुखबाट बाफ लिइरहने ।
हल्का र सादा खानामा जोड दिने ।
अदुवा, मरिच मिसाएर पिँध्ने र १–१ चम्चा धुलो महसँग खाने ।
उपचार विधि
दमले च्यापेको वेला तुरुन्त अस्पताल जाने ।
घरमै आराम गर्ने ।
नाक–मुख छोप्ने ।
पटक–पटक साबुनपानीले हात धुने ।
आफ्नो अवस्था हेरी सामान्य व्यायाम तथा खेलकुदमा जोड दिने ।
चिसो पानीबाट सकेसम्म टाढै बस्ने ।
चिसो मौसममा मर्निङवाक नजाने ।
चिकित्सकको निगरानीमा निरन्तर औषधि खाने ।
महत्वपूर्ण टिप्स
जाँड, रक्सी, चुरोट, सुर्ती नखाने ।
दम बढेको वेलामा चिल्लो, दूध, दही, घिउ नखाने ।
केरा, फर्सी, मुला, तोरीको साग नखाने ।
धुलो–धुवाँबाट बच्ने ।
छातीलाई चिसोबाट जोगाउनुहोस् ।
सही खानपान र जीवनशैलीले रोग जरैबाट निस्केर जान्छ । बढी तनाव लिएर बस्नु हुँदैन ।
राति सुत्दा उत्तानो परेर नसुत्नुहोस् । कि घोप्टो परेर, कि कोल्टे परेर सुत्दा राति दमले आक्रमण गर्न सक्दैन ।
बजारमा पाइने प्याकेटका खानेकुरा नखानुहोस् ।