मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – पपुवा न्यू गिनीमा फेला परेको मानव खप्पर विश्वमै सबैभन्दा पूरानो सुनामी पीडितको हुनसक्ने बैज्ञानिकहरुले अनुमान गरेका छन् ।

ऐटेप शहरमा सन् १९२९ मा फेला परेको सो खप्पर मानव जातीकै पूर्खाको भएको हुनसक्ने बैज्ञानिकहरुको अनुमान छ । ६ हजार बर्षअघि सुनामीमा परेर ती व्यक्तिको मृत्यु भएको बैज्ञानिकहरुले बताएका छन् ।

बैज्ञानिहरुको अन्तर्राष्ट्रिय समुहले लामो समयको खोज अनुसन्धानपछि सो तथ्य पत्ता लगाएका हुन् । -एजेन्सी

तपाईको प्रतिक्रिया