Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – उच्च रक्तचाप आधुनिक जीवनशैलीमा ४० वर्षको उमेरआसपासमा हुन्छ । हिजोआज यो आम स्वास्थ्य समस्या बन्न पुगेको छ । सामान्य अवस्थामा स्वस्थ व्यक्तिको उच्च रक्तचाप १२० तथा न्यूनतम ८० हुन्छ ।

स्वस्थ व्यक्तिका लागि रक्तचाप सामान्य रहन बहुत जरुरी छ । दुनियाँभर धेरै संख्यामा उच्च रक्तचापको समस्याबाट ग्रसित बिरामी छन् । उच्च रक्तचापको कारण धमनीमा रगतको दबाब बढ्न जान्छ ।

दबाब यसरी बढ्दै गएका कारण धमनीमा रक्तप्रवाह सुचारु हुनका लागि मुटुले अधिक मात्रामा काम गर्नुपर्ने हुन्छ । प्रायः पुरुषले यस समस्याको वास्ता नराखेको पनि पाइन्छ ।

उच्च रक्तचापको प्रारम्भिक लक्षणमा सम्बन्धित व्यक्तिको शिरको पछाडि अथवा गर्दन दुख्छ । यदि अधिक मात्रामा तनावमा रहेको महसुस गर्नुहुन्छ भने यो उच्च रक्तचापको संकेत हुन सक्छ । स–साना कुराले पनि रिस उठ्छ ।

कहिलेकाहीँ आफूले गरेका निर्णय सही हुन् या गलत भन्ने यकिनसमेत गर्न सक्दैनन् ।

उच्च रक्तचापका कारण रिंगटा लाग्ने हुन सक्छ । कहिलेकाहीँ शरीरमा भएको कमजोरीका कारण पनि रिंगटा लाग्न सक्छ । यस्तो समस्या देखियो भने चिकित्सकसँग परामर्श लिन जरुरी छ ।

यदि तपाईं सामान्य काम गर्दा पनि थकान महसुस हुन्छ । घरको सिँढी चढ्दा पनि निकै थकान महसुस हुन सक्छ । यस्तो हुन्छ भने उच्च रक्तचापले ग्रस्त बनाएको हुन सक्छ ।

सास फेर्न गाह्रो हुने, लामो सास आउनेजस्ता समस्या देखियो भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुहोस् । यो उच्च रक्तचापले ग्रस्त भएको संकेत पनि हो । यति मात्रै होइन, नामबाट खुन आउने पनि हुन सक्छ ।

उच्च रक्तचापका रोगीलाई रातमा निद्रा लाग्न हम्मेहम्मे पर्छ ।

तपाईंको मुटुको धड्कन पहिलेभन्दा बढ्दै गएको हुन सक्छ । मुटु दुख्न सक्छ ।

कहिलेकाहीँ कतिपय पुरुषमा उच्च रक्तचापसम्बन्धी केही लक्षण नदेखिन पनि सक्छ । यी कुरा चेकअपपछि मात्रै जानकारी हुन्छ । उच्च रक्तचापका कुनै पनि लक्षण देखिँदैन भने किड्नी अथवा मुटुका लागि घातक हुन सक्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया