Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – फोक्सोको क्यान्सरका बिरामी वर्षेनी बढ्दै गइरहेका छन् ।

तथ्याङ्क केलाउने हो भने क्यान्सरका कारण हुने बिरामी र मृत्यु दुवैमध्ये अधिकांशमा फोक्सोको क्यान्सर देखिएको छ । सन् २०१५ मा फोक्सो क्यान्सरबाट विश्वमा १६ लाख ९० हजार मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । संगठनको तथ्याङ्क अनुसार सन् २०१२ मा फोक्सो क्यान्सरका कारण १५ लाख ९० हजार मानिसको मृत्यु भएको थियो । त्यसमा १० लाख ९९ हजार पुरुष थिए ।

पुरुषले बढी मात्रामा धुम्रपान गर्ने भएकाले उनीहरुमा फोक्सो क्यान्सरको जोखिम वर्षेनी बढ्दै गएको भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापति बताउनु हुन्छ । ‘महिलाले पनि धुम्रपान गर्छन्, नगर्ने होइन तर पुरुषको संख्या बढी छ । साथै उसको आफ्नै जीवनशैलीका कारण पनि महिला भन्दा पुरुष फोक्सो क्यान्सरको बढी जोखिममा छन् ।, डा. प्रजापतिले भन्नुभयो ।

भक्तपुर र ललितपुका अस्पतालको तथ्याङ्क
भक्तपुर क्यान्सर अस्पतालमा गत वर्ष थपिएका फोक्सो क्यान्सरका ४ सय १७ नयाँ बिरामी मध्ये आधा बढी २ सय ७५ जना पुरुष छन् । हाल पनि मासिक रुपमा करीब १५-२० बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

यता, ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा पनि गतवर्ष पुगेका १ सय ३० बिरामी मध्ये ७० बढी पुरुष छन् । अमेरिकन क्यान्सर सोसाइटीका अनुसार १४ मध्ये १ पुरुषमा र १७ मध्ये एक महिलामा फोक्सो क्यान्सर हुने सम्भावना हुन्छ । नेपाल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठ बढ्दो धुम्रपान गर्ने बानी तथा वायु प्रदुषणका कारण आगामी दिनमा यसका बिरामी झनै बढ्ने सम्भावना देख्नुहुन्छ ।

नियमित स्वास्थ्य परीक्षण गराउन चिकित्सकको सुझाव
फोक्सोको मात्र नभई अन्य क्यान्सरका करीब ८० प्रतिशत बिरामी तेस्रो र चौथो चरणमा मात्र अस्पताल पुग्ने गरेको चिकित्सक बताउँछन् । सामान्यता पहिलो र दोस्रो चरणको फोक्सो क्यान्सरमा लक्षण देखा नपर्ने भएकाले विशेषगरी ४० वर्ष उमेर नाघेका व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गर्न भक्तपुर क्यान्सर अस्पतालका डा.प्रजापति सुझाव दिनुहुन्छ ।

यदी कुनै सामान्य लक्षण देखिहाले पनि बेवास्ता नगर्ने, आफ्नो जीवनशैली परिवर्तन गर्ने, धुम्रपानबाट टाढै बस्न डा.प्रजापतिको सुझाव थियो । सुरुकै चरणमा अस्पताल पुगे ७० देखि ८० प्रतिशत सम्मका क्यान्सर निदान गर्न सकिन्छ ।

साथै स्वस्थ्य जीवनशैली अपनाउन सके र सुर्तीजन्य पदार्थको प्रयोग नगरे ३० देखि ५० प्रतिशत सम्मका क्यान्सर पनि निदान गर्न सकिने खालका हुन्छन् । त्यसैले रोग देखापर्नु भन्दा बेलैमा सचेत भएर सावधानी अपनाए क्यान्सर जस्ता घातक रोगबाट बच्न सकिन्छ ।

तपाईको प्रतिक्रिया