Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – घरायसी जिम्मेवारी र छोराछोरीको चिन्तालगायतका कारण महिलाहरूले आफ्नो उति ख्याल गरेका हुँदैनन् । सोही कारण उनीहरू विभिन्न समस्याको सिकार हुनुपरेको छ । आफ्नै स्वास्थ्यमा ध्यान दिन नसक्दा बिरामी महिला बढिरहेको एक अध्ययनले देखाएको छ । त्यसैले आफू स्वस्थ रहनका लागि यी महत्वपूर्ण टिप्सबारे जानकार रहनुहोस् :

तनाव नष्ट गर्नुहोस्
यो निकै ठूलो समस्या हो र सबैभन्दा बढी महिलामा देखिने गर्छ । घरायसी काम, श्रीमान्देखि सन्तानसम्मको चिन्ता लिनुपर्ने हुन्छ उनीहरूलाई । तर, तनावले स्वास्थ्यसम्बन्धी समस्या हुन सक्छ । तनाव बढी लिने महिलामा सुगर, हृदयरोगजस्ता डरलाग्दा समस्या देखा पर्न सक्छन् । यसैले गर्दा धेरै तनावमा नरहनुहोस् ।

खानपानमा  ध्यान राख्नुहोस्
धेरैजसो महिला कामकाजको चक्करमा खानपिनमा ध्यान दिँदैनन् । तर, यसो गर्नु राम्रो हुँदैन । आफ्नो पूरै घरपरिवारको ध्यान राख्ने महिलाले आफ्नै खानपानको ध्यान राख्दैनन् । र, स्वास्थ्यसम्बन्धी समस्या देखिने गर्छ ।


प्रशस्त निद्रा लिनुहोस्
निद्रा महिलाहरूका लागि बहुतै जरुरी छ । दिनभरिको थकानबाट आराम पाउनका लागि मात्रै होइन, मुटुसम्बन्धी रोगबाट मुक्त हुनका लागि पनि महिलाहरूलाई पर्याप्त निद्रा आवश्यक हुन्छ । यति मात्रै होइन, महिलाहरूमा धेरै उत्तरदायित्व हुने भएकाले स्वाभाविकै रूपमा तनाव हुन्छ । तनावलाई सहज तरिकाले लिँदै प्रशस्त निद्रा लिन सकियो भने मानसिक समस्याबाट समेत टाढा रहन सक्नुहुन्छ ।

अत्यधिक क्याल्सियम  सेवन नगर्नुहोस्
शरीरलाई आवश्यकभन्दा बढी क्याल्सियम सेवन नगर्नुहोस् । यसले किड्नीसम्बन्धी समस्यासँगै मुटुसम्बन्धी विभिन्न रोग लाग्न सक्ने
सम्भावना हुन्छ ।

व्यायाम गर्नुहोस्
महिलाले अधिक मात्रामा व्यायाम गर्न जरुरी छ । हप्तामा दुईदेखि तीन दिन व्यायाम गर्न सक्नुभयो भने हृदयविकार, सुगर, क्यान्सरजस्ता डरलाग्दा रोगबाट बच्न सक्नुहुन्छ । व्यायाम गर्ने हो भने तपाईंको व्यक्तित्व राम्रो देखिनुका साथै स्वास्थ्यसमेत राम्रो हुन्छ ।

सही समयमा  बच्चा जन्माउनुहोस्
आजभोलि अलिकति उमेर ढल्किएपछि गर्भवती हुने महिला बढेका छन् । यद्यपि तपाईंले ३२ वर्षभन्दा माथिको उमेरमा बच्चा जन्माउने सोच बनाउनुभएको छ भने चिकित्सकको सल्लाह लिन जरुरी छ ।

स्वस्थ यौनसम्पर्क
यौनसम्पर्कले तनावलाई कम गर्छ । यति मात्रै होइन, स्वस्थ यौनसम्पर्कले दीर्घकालीन रोग लाग्ने खतरासमेत कम हुन्छ । त्यसकारण यौनसम्पर्कका वेला कुनै प्रकारको केही समस्या भयो भने तुरुन्त चिकित्सकसँग परामर्श गर्नुहोस् ।

तपाईको प्रतिक्रिया