काठमाडौं – हाम्रो शरीरको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । हाम्रो शरीरका धेरै अंगमा नियमित पानीको आवश्यकता पर्दछ । दिनमा कम्तीमा चारदेखि पाँच लिटर पानी खानुपर्छ भन्ने चिकित्सकको सुझाबलाई धेरैले आत्मसात् गरेका छैनन् । हाम्रो दिसा, पिसाब, पसिना, थुकलगायत विभिन्न माध्यमबाट हाम्रो शरीरको पानी बाहिरिन्छ । जति धेरै पानी बाहिरिन्छ, उति धेरै पानी पिउनुपर्ने विज्ञहरूको सुझाब छ । शरीरमा पानीको कमी भयो भने विभिन्न खतरनाक रोग लाग्न सक्ने चिकित्सकहरू बताउँछन् ।
पानीको कमी हुँदा किड्नीमा समस्या, पिसाबको संक्रमण हुन्छ । शरीर स्वस्थ राख्न रसिलो फलफूल खानुपर्छ ।
शरीरमा पर्याप्त मात्रामा पानी पुगेन भने कब्जियतको समस्या हुन्छ ।
हामीले पिउने पानीको मात्राअनुसार शरीरको तापक्रम बढ्ने÷घट्ने हुन्छ । पर्याप्त पानी पुग्यो भने तापक्रम बढ्छ, पानी कम भयो भने तापक्रम घट्छ ।
शरीरमा पानीको अभाव भयो भने पेटको अल्सर हुन्छ ।
जोर्नीमा पानीको मात्रा पुगेन भने शरीर पोल्नुका साथै जोर्नी दुख्ने समस्या बढ्दै जान्छ । त्यसैले पर्याप्त मात्रामा पानी सेवन गर्नुपर्ने हुन्छ ।
हामीले पिउने पानीको मात्राअनुसार रक्तचाप बढ्ने र घट्ने हुन्छ । शरीरमा पानीको अभाव हुँदा रक्तचापको मात्रा घट्ने चिकित्सकहरू बताउँछन् ।
शरीरमा पानीको अभाव भयो भने मुटुको चाल असामान्य बनाउन सक्छ ।
पानीको अभावले हाम्रो शरीरमा पाचन प्रक्रिया असहज बनाउँछ । खासगरी, हाम्रो शरीरमा नभई नहुने पदार्थमध्ये एक हो, पानी । पानीले हामीले खाएको खानेकुरालाई आन्द्रासम्म पु¥याउने कामसँगै पाचन प्रणालीलाई सफा बनाउन पनि महत्वपूर्ण काम गरेको हुन्छ ।
शरीरमा पानीको अभाव भएमा हाम्रो शरीरलाई कमजोर बनाउनुका साथै आँखा धमिलो बनाउँछ ।
पानीको कमीले हाम्रो टाउको दुखाउँछ । टाउको गह्रौँ भएर दुखेमा तत्काल पानी पिउनुपर्छ ।
जब तपाईं आफूलाई चाहिनेजति पानी पिउनुहुन्न, तब शरीरको पूरै प्रणाली नै कमजोर हुन्छ ।
प्रशस्त मात्रामा पानी नपिउनेहरूमा एसिडिटी बढ्ने, दिसामा कब्जियत देखा पर्ने, खाना राम्ररी नपच्ने खालका समस्या पनि देखा पर्छन् ।
पानीको कमी भयो भने मानिसको मुटुको धड्कन अचानक बढ्छ ।