आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडाैं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि मतदान जारी छ ।

आज दिउँसो ३ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म ८ सय बढी मत खसेको निर्वाचन समितिले जनाएको छ । संघको २६ सय मतदाता छन् ।

एनआरएनएको नेतृत्वको लागि अहिलेका उपाध्यक्ष भवन भट्ट र आइसीसी सदस्य जमुना गुरुङबीच प्रतिस्पर्धा हुनेछ । निर्वाचन हुनुपूर्व नै ५ जना उम्मेदवारहरु निर्विरोध भएका छन् ।

निर्विरोध हुनेहरुमा अफ्रिका क्षेत्रीय संयोजकमा सुनिल कार्की, केन्या उपक्षेत्रीय संयोजकमा शिव शर्मा पौडेल, तान्जिनिया उपाक्षेत्रीय संयोजकमा डा. भुवन ढकाल, केन्या महिला उपसंयोजकमा मन थापा र नाइजेरिया युवा उपसंयोजकमा बाबुराम शर्मा रहनु भएको छ ।

एनआरएनएमा अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, १ सचिव, १ कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ । यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसियाना र मध्यपूर्वका १-१ जना गरी ६ क्षेत्रीय संयोजक र ६ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक १-१ जना तथा युवा संयोजक र उपसंयोजक १-१ जना रहने व्यवस्था गरिएको छ ।

ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया