आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – राजधानीमा पक्राउ परेको ८८ केजी अवैध सुन तस्करीको प्रमुख नाइके रहेको भन्दै प्रहरीले रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ ।

उनी आगामी प्रनिनिधि सभाको लागि कांग्रेसको तर्फबाट समानुपातिक सूचीमा परेका व्यक्ति हुन् । उनी नेपाल-केरुङ व्यापार संघका अध्यक्ष समेत रहेको प्रहरीले जनाएको छ ।
उनलाई महानगरिय अपराध महाशाखाको टोलीले आज स्वयम्भु क्षेत्रबाट पक्राउ गरेको हो ।

यसअघि पनि विभिन्न समयमा तामाङको चिनियाँ तस्करसँग सम्बन्ध देखिएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार गएको भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट बरामद भएको ८८ किलो सुन तस्करीमा तामाङको संलग्नता देखिएको छ ।

त्यो सुन काठमाडौंमा होटल सञ्चालन गरिरहेका चिनियाँ ब्यापारीको रहेको प्रहरीले यसअघि नै बताएको थियो । ८८ किलो सुन काठमाडौं ल्याउन तामाङले मध्यस्तता गरेको प्रमाण फेला परेपछि पक्राउ गरिएको एसपी उप्रेतीले बताउनुभयो । उनका बारेमा थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया