Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – सात दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग बारे सरकारले अनौपचारिक छलफल गरिरहेको छ । आजै औपचारिक वार्ता गर्ने तयारी थालेको सरकारले अहिले अनौपचारिक छलफल थालेको हो ।

बेलुकासम्ममा औपचारिक वार्ता गर्ने शिक्षा मन्त्तालयका प्रवक्ता डा. हरि लम्सालले जानकारी दिनुभयो । तर केसीको माग बारे सरकार गम्भीर नभएको केसी पक्षको आरोप छ । आजको संसद बैठकले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेकाले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको केसी पक्षले जनाएको छ ।

सरकारी उदासिनताकै कारण अहिलेसम्म कुनै प्रगति नभएको उनीहरुको भनाई छ । गएको बिहीबारदेखि १३ औं पटक अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

माथेमा आयोगको प्रतिवेदनअनुसार चिकित्सा शिक्षा ऐन बन्नुपर्ने, काठमाडौं विश्वविद्यालयले आफूखुशी तोकेको शुल्क सीमा फिर्ता हुनुपर्नेलगायत माग राख्दै केसी अनसनमा बस्नु भएको हो ।

तपाईको प्रतिक्रिया