Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – स्क्रब टाइफसको संक्रमणबाट पछिल्लो ६ महिनामा ९ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा ४ सय २६ जना संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । संक्रमित सुलसुलेको टोकाइबाट सर्ने स्क्रव टाईफसको संक्रमण हालसम्म ३२ जिल्लामा फैलिएको छ ।

महाशाखा अन्तर्गतको महामारी व्यवस्थापन शाखाका प्रमुख डा। गुणनीधि शर्माले असार महिनायता बिरामीको संख्या बढ्दै गएको बताउनुभयो । टाइफसको जोखिम अझै कम नभएकाले सर्तक रहन शर्माले सबैमा अपिल गर्नुभयो । स्क्रब टाइफसबाट सबैभन्दा बढी चितवन जिल्ला प्रभावित छ ।

असोज १० गतेसम्मको तथ्याङ्क अनुसार चितवनमा २ सय १ जना संक्रमित भेटिएका छन् । वैशाख देखि भदौ १९ गतेसम्म १ सय ४८ संक्रमित भेटिएकोमा करीब एक महिनाको अवधीमा ५३ जना बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले बताउनुभयो । मकवानपुर, नवलपरासी, पाल्पामा पनि यसको संक्रमण देखिएको महाशाखाले जनाएको छ ।

सन् २०१५ मा १६ जिल्लामा स्क्रव टाईफसको संक्रमणबाट आठ जनाको मृत्यु भएको थियो भने सन् २०१६ मा सो संख्या १४ पुगेको थियो । यता, राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टाइफसको परिक्षणका लागि दैनिकजसो बिरामीहरु आउने गरेका छन् ।

पछिल्लो समय गरिएको परिक्षणमा करिब २० जनामध्ये ३-४ जनामा संक्रमण भेटिने गरेको अस्पतालका रिसर्च संजोजक डा। शेरबहादुर पुनले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया