Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

आईपीएस कोशिकाओं से प्राप्त दवा का चिकित्सकीय परीक्षण शुरूटोकियो-जापानको क्योटो विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले आइपिएस कोषिकाको अध्ययनबाट प्राप्त औषधिको विश्वमा नै पहिलो चिकित्सकीय परिक्षण सुरु गरेका छन् ।
यस परिक्षणको अनुसन्धानको नेतृत्व सो विश्वविद्यालयका प्रोफेसर जुनया तोगुचिदाले गरेका थिए । बिहिबारबाट यो टोलीले आफ्नो चिकित्सा परिक्षणको सुरुआत गरेको हो ।
अनुसन्धानकर्ताहरुले एफओपी फाईब्रोडिस्पलेसिया आसिफिकेन्स प्रोगेसिया नामक एक बिरामीको उपचारका लागि उक्त औषधि परिक्षण गरेका थिए । यो एक दुर्लभ आनुवांशिक विकार भएको र जसले मांशपेशीलाई विस्तारै विस्तारै हण्डीमा परिणत गर्दै ल्यैजाने गर्दछ ।
क्योटो विश्वविद्यालयको अस्पतालमा रहेका १७ वर्षीय इमीमी यामामोतो उक्त रोगसँग लडिरहेका थिए, निजलाई प्रतिरक्षा युक्त रापामाइसिन नामक औषधि दिइएको थियो ।
अनुसन्धानकर्ताहरुले जनावर र अन्य प्रयोगमार्फत रापामाइसिन बिरामी बढ्नबाट रोक्नका लागि यो प्रभावकारी रहने दाबी गरेका छन् ।
छ महिनासम्म जापानका चारवटा विश्वविद्यालयहरुका बिरामीहरुमा यो परिक्षण गरिने बताइएको छ ।
यामामोतोले यस परिक्षणमा भाग लिन पाएकोमा खुशी व्यक्त गर्दै यो चिकित्सकीय परिक्षण अन्यमा छिटो ल्याउनुपर्ने बताउदै अनुसन्धानकर्ताको प्रयासका लागि धन्यवाद समेत व्यक्त गरे ।

तपाईको प्रतिक्रिया