Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – भदौ महिना यता तराईका विभिन्न जिल्लाहरुमा डेंगुको प्रकोप बढ्दो क्रममा रहेको छ । डेंगुबाट धेरै प्रभावित हुनेमा रुपन्देही, सर्लाही, महोत्तरी, धादिङ, मकवानपुर, झापा लगायतका जिल्ला रहेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भदौ यता अस्पतालबाट उपचार गराएर र्फकनेको संख्यामात्र ९० पुगेको छ । त्यस मध्य आजमात्र धादिङ, महोत्तरीको वर्दिवास तथा लालबन्दीबाट रिफर काठमाण्डौ आएका नौ विरामी अस्पताल भर्ना भएका छन् ।

बाँकी १० जनाको डेंगुको आंशकामा रगत परीक्षण भइरहेको छ । यसको नियन्त्रणका लागी आफुहरुले पहल गरिरहेको महाशाखका निर्देशक डाक्टर भिम आचार्यले  जानकारी दिनुभयो । निर्देशक आचार्यले डेंगुबाट बच्नको लागि आफैंले पनि विशेष ख्याल गर्न आग्रह गर्नुभएको छ ।

घर वरपर सरसफाईमा ध्यान दिन, लामखुट्टेको टोकाईबाट बच्न तथा ज्वरो, रुखा खोकी लाग्ने वित्तिकै उपचारका लागि स्वास्थ्य चौकी वा अस्पताल गईहाल्न पनि उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया