Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

बागलुङ – नेपालीहरूकाे महान चाड विजया दशमीले ढपक्क ढाकीसक्दा समेत बागलुङ बजारमा चहलपहल नहुदा ब्यापारीहरू निराश बनेका छन् ।
दशैकाे लागि ब्यापार गर्ने भनी राजधानीदेखि फेन्सी समान ल्याएका बागलुङका ब्यापारी अहिले राम्रो ब्यापार नभए पछि चिन्तित बनेका छन्
बागलुङ जिल्लामा ४ वटा नगरपालिका ६ वटा गाउँ पालिका गठन भइ त्यसको निर्वाचन समेत भएपछि त्यस क्षेत्रका स्थानीयहरू गाउँ फर्केको कारणले पनि बागलुङ बजारमा ब्यापार गत बर्षकाे तुलनमा निकै कमि अाएकाे बागलुङका ब्यापारी प्रदिप चालिसे ले बताए ।

दशै र चाडपर्वलाई लक्षित गरेर बागलुङ बजारमा ब्यापारीले सामान खरिद गरेर ल्याएपनि बजारमा गाउँदेखि मान्छे नझरेपछि ब्यापारमा कमी अाएकाे हाे ।बागलुङकाे ग्रामीण क्षेत्रमा यातायातकाे सुबिधा पुगे संगै दशै मनाउन अाएका लाहुरेहरू समेत सिधै गाडी रिजर्भ गरेर जाने गरेको कारणले पनि ब्यापारमा कमि अाएकाे फेन्सि तथा कपडा ब्यबसायी बलराम गाैतमले बताए ।

देश अहिले सङ्घीय प्रदेशमा परिणत भए पछि सदरमुकाममा पाइने सरकारी सेवा सुविधा गाउँमै पाइन थालेको कारणले स्थानीयबासी  गाउँ फर्केको कारण चाप  घट्नुले पनि ब्यबसायमा असर पुगेको ब्यापारी नरबहादुर केसी ले बताए ।बागलुङ बजारमा महंगो घर भाडामा तिर्दै अाएका ब्यापारीहरू ब्यापार कम हुन थालेपछि ब्यबसाय गर्ने कि अर्को विकल्प राेज्ने भन्ने दुविधामा परेका छन् । बैक, सहकारी तथा ढुकुटी बाट चर्को ब्याजमा ऋण लिएर काम गर्दै अाएका ब्यबसायीलाई सावा र ब्याज तिर्न अहिले हम्मेहम्मे परेकाे छ ।

तपाईको प्रतिक्रिया