शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

काठमाडौं – व्यवसायीले दशैंलाई लक्ष्य गरेर ५० करोड रुपैयाँका खसीबोका भारतबाट ल्याउने भएका छन् । यहाँको उत्पादनले नथेगेपछि भारतबाट करिब ३५ हजार खसीबोका ल्याउने तयारी गरेका छन् ।

उपत्यकामा दशैंतिहारमा करिब ५० हजार खसीबोका, भेडाच्याङ्ग्रा खपत हुने अनुमान छ । ३५ हजार भारतबाट ल्याए पनि बाँकी १५ हजार खसीबोका, भेडाच्याङ्ग्रा विभिन्न जिल्ला र तिब्बतबाट समेत ल्याइने छ ।

दशैंतिहारमा मांशाहारीले घरघरै खसीबोका काट्ने परम्पराले मासुको माग उच्च हुने भएकाले भारतबाट करिब आधा अर्बको खसीबोका ल्याउनु पर्ने चौपाया खरिदबिक्री सेवा संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया