Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – बाढी अति प्रभावित तराईका १६ जिल्लामा खोपजन्य रोगको महामारी फैलन नदिन सरकारले विशेष कार्यक्रम सञ्चालन गरेको छ । ती जिल्लामा विस्थापित भएका परिवारका बालबालिका नियमित खोपबाट बञ्चित हुन सक्ने भन्दै सरकारले आवश्यक सतर्कता अपनाउन तथा खोपको अवस्था बारे बुझ्न टोली खटाएको जनाएको छ ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउन तथा खोपमा बालबालिकाको पहुँच बढाउन टोली खटाइएको स्वास्थ्य विभाग अन्तर्गतको बाल स्वास्थ्य महाशाखाका खोप कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले बताउनुभयो । टोलीले प्रभावित जिल्लामा खोप केन्द्रको अनुगमन गर्ने, नियमित खोप कार्यक्रलाई सञ्चालन गर्न तथा स्थानीयलाई खोपबारे जानकारी दिने लगायतका विषयमा सहजीकरण गरीरहेको श्रेष्ठले बताउनुभयो ।

बाढी अति प्रभावित जिल्ला झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, सर्लाही, रौतहट, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीमा सरकारले टोली खटाएको हो । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र बाल स्वास्थ्य महाशाखाको नेतृत्वमा टोली खटिएका छन् । हाल सम्म प्रभावित जिल्लामा खोपजन्य रोगको महामारी नदेखिएको श्रेष्ठले जानकारी दिनुभयो ।

विभागको तथ्याङ्क अनुसार, मुलुकभरका ८७ प्रतिशत बालबालिकाले मात्र सबै प्रकारको खोप प्रयोग गरेको पाईन्छ । ३ प्रतिशत बालबालिका पूर्ण रुपमा वञ्चित छन् भने १० प्रतिशत बालबालिकाले खोपको मात्रा पुरा गर्दैनन् ।

तपाईको प्रतिक्रिया