Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

पोखरा – स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम शुरु गरेको छ । साठी वर्षभन्दा माथिका नागरिकका घरघरमा पुगेर गरिने स्वास्थ्य स्याहार कार्यक्रमको गाउँपालिकाको बडाचौरका १०२ वर्षीय मनध्वज थापाको स्वास्थ्य परीक्षणबाट शुरु गरिएको हो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा अमृत पोख्रेलले थापाको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । पाँच दिनसम्म गाउँपालिकाका सबै वडामा विभिन्न स्वास्थ्यविज्ञको १२ समूह बनाएर परिचालन गरिने गाउँपालिकाका प्रमुख घनश्याम सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमका लागि गाउँपालिकाका सात स्वास्थ्य केन्द्रबाट २३ स्वास्थ्यकर्मी, ३६ महिला स्वास्थ्य स्वयंसेवी, २९ प्रतिनिधि र पाँच विषयगत कार्यालयका गरेर ९३ जना जनशक्ति परिचालन गरिएको छ ।

स्वास्थ्य परीक्षण गरिसकेपछि दुई दुई महिनामा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने तथा अस्पताल जान नसकेकाहरुलाई स्वास्थ्य शिविरमा उपचार गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा ६० वर्ष उमेर पुगेका एक हजार ७११ जना छन् ।

तपाईको प्रतिक्रिया