Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – बिहान उठ्नेबित्तिकै दुईदेखि तीन गिलास पानी पिउनु शरीरका लागि आवश्यक कुरा हो । यसलाई उषापान पनि भन्ने गरिन्छ । उषापान मुख कुल्ला नगरी मुखको र्याललाई समेत पानीसँगै निल्ने गरी गर्न सके त्यो स्वास्थ्यका लागि अत्यन्तै लाभकारी हुन्छ ।

उषापानमा प्रयोग गरिने पानी खाली पेटको पेय हुने हुनाले मनतातो बनाएर खाएको खण्डमा त्यसलाई उत्तम मानिन्छ । यदि पानी बेलुकैदेखि तामाको भाँडामा राखिएको छ भने चिसै पनि पिउन सकिन्छ । तामाको भाँडामा राखिएको पानी पिउँदा स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । उषापानमा सेवन गरिने पानीले मानिसको शरीरको आन्तरिक शुद्धीकरण गर्दछ ।

शरीरको पाचन प्रणालीलाई सबल बनाउँछ । जीवनशक्ति बढाउँछ । शारीरिक एवं मानसिक रूपमा शीतल एवं सौम्य प्रदान गर्दछ ।आयुर्वेदिक मान्यताअनुसार अजीर्ण, अपच तथा कब्जियतजस्ता समस्यामा पानीलाई अमृतको रूपमा लिने गरिन्छ । अतः एक-एक घन्टाको फरकमा पानी पिउने बानी विकास गर्नु शरीरका लागि राम्रो हुन्छ । मानिसको पेट खाली भएको वेला पानी पिएको खण्डमा यसले शरीरलाई थप बल प्रदान गर्दछ ।

खाना खाँदा दुई-चार घुड्की पानी पिएको खण्डमा त्यो पानी औषधितुल्य हुन्छ । तर, खाना खाइसकेपछि तुरुन्तै पानी पिएको खण्डमा त्यो पानी विषसरह हुने गर्दछ । त्यसैले मुख्य भोजन गरेको एक घन्टाअगाडि अथवा एक घन्टापछाडि मात्रै पानी पिउनु शरीरका लागि स्वस्थकर मानिन्छ । राति सुत्नुभन्दा आधा अथवा एक घन्टाअगाडि पिएको एक गिलास पानीले रातको समयमा हुन सक्ने हृदयाघातको खतरालाई घटाउँछ ।

स्नान गरिसकेपछि एक गिलास पानी पिउने हो भने रक्तचाप नियन्त्रणमा सहायता मिल्छ । पानी पिउँदा घुटुघुटु गर्दै मुखको र्याल मिसिने मौका दिँदै पिउने गर्नुपर्छ । तातो दूध पिएजसरी चुस्की लिँदै पिएको पानी औषधिजस्तै मानिन्छ । पानी पिउँदा उभिएर कहिल्यै पिउनु हुँदैन, सदैव बसेर पिउने गर्नुपर्दछ । –एजेन्सी

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया