Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – अमेरिकाका अनुसन्धानकर्ताहरुले भ्रूणको मस्तिष्कमा आक्रमण गरेर माइक्रोसेफालीग्रस्त शिशु बनाइदिने जीका भाइरस मान्छेहरुमा हुने मस्तिष्क क्यान्सर उपचार गर्न प्रयोग गर्न सकिने बताएका छन् ।

अहिलेसम्म जीकालाई समाधानको उपाय होइन कि विश्वव्यापी स्वास्थ्य खतराका रुपमा मात्र हेर्ने गरिएको छ । तर पछिल्लो अनुसन्धानबाट जीका भाइरसले जवान मानिसहरुमा हुने मस्तिष्कको क्यान्सर उपचार गर्न सकिने देखाएको छ ।

मस्तिष्कको ‘ग्लीओब्लास्टोमा’ क्यान्सर हुँदा तीब्र गतिमा बढ्ने ट्युमर केमोथेरापी र रेडियोथेरापीप्रति प्रतिरोधी भएकाले उपचार गर्न निकै मुस्किल रहँदै आएको छ ।

मुसामा परीक्षण

मुसाहरुमा गरिएको प्रारम्भिक अध्ययनमा जीका भाइरसले ब्रेन क्यान्सर स्टेम सेललाई निशाना बनाएको छ जसले ट्युमर पुन: पलाउनबाट रोक्छ । अहिलेसम्म मानिसहरुमा यो परीक्षण गरिएको छैन । ट्युमर फाल्न गरिने शल्यक्रियाका बेला जीका भाइरस मस्तिष्कमा राखिदिन सकिने ‘जर्नल अफ एक्सपेरिमेण्टल मेडिसिन’मा छापिएको लेखमा बताइएको छ ।

प्रयोगशालामा मानव कोषमाथि गरिएको परीक्षणमा जीका उपचार प्रभावकारी पाइएको बताइएको छ । त्यसले जवान मानिसको स्वस्थ्य मस्तिष्क कोषलाई आक्रमण नगरेको बताइएको छ ।

यूकेमा अनुसन्धान

वाशिङटन युनिभर्सिटि स्कूल अफ मेडिसिन र युनिभर्सिटि अफ क्यालिफोर्निया स्यान डियागो स्कूल अफ मेडिसिन सम्बद्ध समूहले अतिरिक्त सावधानीकालागि जीका भाइरसमा केही परिवर्तन गरेर अहिलेको जीका भन्दा कम आक्रामक बनाउने उपाय खोजिरहेको बताएका छन् ।

उक्त समूहका एक अनुसन्धानकर्ता डा माइकल डायमण्डले भने, “जीका उपचार पद्धतिलाई अठार महिना जतिमा मानिसमा परीक्षण गर्न सकिएला ।” भाइरसको प्रयोगले क्यान्सर उपचार गर्ने भन्ने नयाँ विचार हो ।

क्याम्ब्रिज युनिभर्सिटि यूकेका वैज्ञानिकहरुले पनि जीकाबारे उस्तै परीक्षण शुरु गर्न लागेको बताएका छन् । क्यान्सर रिसर्च यूकेकी डा. क्याथरिन पीकवर्थले भनिन्, “यो पद्धतिले उपचार गर्न कठिन क्यान्सरको नयाँ उपचारको उपाय थपिन सक्छ।” बीबीसीबाट.. 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया