काठमाडौं – गर्भवती महिलाले आफ्नो र बच्चाको स्वास्थ्यका लागि धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । खाने, बस्ने, हिँड्नेदेखि धेरै कुरामा ध्यान दिन जरुरी छ । यस्ता कुरामा ध्यान नदिए आमा र बच्चा दुवैलाई खतरा हुन्छ । गर्भवती महिलाले औषधि सेवन गर्दा पनि ध्यान दिनुपर्छ । जथाभावी औषधि सेवन गर्दा आमा र बच्चा दुवैलाई खतरा हुने चिकित्सक बताउँछन् ।
औषधि सेवन कसरी गर्ने ?
गर्भवती महिलाले औषधि सेवन गर्दा चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ ।
स्वास्थ्यमा कुनै पनि समस्या देखापरे चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ ।
गलत औषधिको प्रयोगले गर्भपतन हुने सम्भावना रहन्छ ।
यस्ता औषधि खतरनाक हुन्छन्
छारेरोगमा प्रयोग हुने औषधि
क्यान्सरमा प्रयोग हुने औषधि
कस्ता समस्या कस्ता समस्या हुन्छन् ?
बच्चा अंगभंग हुने ।
बच्चाको मानसिक विकास नहुने ।
बच्चाको दाँतमा समस्या देखिने ।
बच्चाको मुटुको राम्रो विकास नहुने ।
मुटुमा प्वाल पर्ने ।
जथाभावी औषधिले बच्चाको दिमागको राम्रो विकास नहुने ।
बच्चाको मुखको विकास नहुने ।
बच्चाको तालुमा प्वाल पर्ने ।
हाडजोर्नीको विकास नहुने ।
शिशु लाटो हुने, कान नसुन्ने ।
आँखा नदेख्ने ।