Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – सरकारले आगामी असोज महिनादेखि थप सात जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्ने भएको छ । १५ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम जारी राखेको सरकारले आगामी असोज महिनादेखि झापा, सुनसरी, सोलुखुम्बु, सिन्धुली, रोल्पा, सुर्खेत र बर्दियामा कार्यक्रम बिस्तार गर्न लागेको हो ।

योसँगै बिमा कार्यक्रम लागु हुने जिल्ला २२ पुग्नेछन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक डा. गुणराज लोहनीले कार्यक्रम सुरु गर्न हाल आन्तरिक गृहकार्य भइरहेको बताउनुभयो । बाँकी जिल्लामा प्रत्येक तीनरतीन महिनाको अन्तरमा बिमा कार्यक्रम लैजाने डा. लोहनीले जानकारी दिनुभयो ।

सेवा लिनका लागि नागरिकले जिल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमा सदस्य बन्नुपर्ने प्रावधान छ । सदस्य बनेपछि एउटा परिवारले एक वर्षका लागि २ हजार ५ सय रुपैयाँ बिमा शुल्क तिर्नुपर्ने डा। लोहनीले बताउनुभयो ।

परिवार संख्या पाँच जना भन्दा बढी भए प्रतिव्यक्ति ४ सय २५ रुपैयाँका दरले बुझाइएको शुल्कबाट बिमितले बढीमा ५० हजार रुपैयाँ सम्मको औषधि उपचार सुविधा पाउने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया