Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले नेशनल मेडिकल कलेज सञ्चालनको अनुमति दिनु जायज भएको बताएको छ ।

कांग्रेस सांसद एवम् पूर्व शिक्षामन्त्री गगन थापाले नेशनल मेडिकल कलेजको अनुमति खारेज गर्न माग गर्दै संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुभएको थियो । आज त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति निकालेर विगतमा सर्वोच्च अदालतले दिएको आदेश, मन्त्रीस्तरीय निर्णय र डिनको कार्यालयबाट प्राप्त पत्रको व्यवहोरा अनुसार नै नेशनल मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिएको स्पष्ट पारेको छ ।

त्रिवि कार्यकारी परिषदले गत साउन १२ गते नेशनल मेडिकल कलेजलाई शैक्षिक वर्ष ०७४–७५ देखि एमबीबीएसको मात्र पढाइ सुरु गर्न अस्थायी सम्वन्धन दिएको थियो ।

तपाईको प्रतिक्रिया