Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्का पदाधिकारीहरूले ‘बदनियत’ का साथ काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको तथ्य फेला परेको छ । कार्यकारी परिषद्को माइन्युट, त्यसको औचित्य र पदाधिकारीको अभिव्यक्ति विश्लेषण गर्दा जुनसुकै हालतमा सम्बन्धन दिने योजनाका साथ निर्णय गरेको भेटिन्छ ।

त्रिवि स्रोतबाट कान्तिपुरलाई प्राप्त साउन १२ को निर्णय नम्बर १४०८ मा नेसनल मेडिकल कलेजलाई अस्थायी सम्बन्धन दिने उल्लेख छ । परिषद् पदाधिकारीले २०७१ भदौ ३१ मा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्मा र ओमप्रकाश मिश्रले गरेको फैसलालाई उक्त निर्णयको आधार बनाएका छन् ।

उक्त मेडिकल कलेजका सञ्चालक जैनुद्दिन अन्सारीले २०७१ असार ३० गते दर्ता गरी ६० दिनभित्र किनारा लगाएको उक्त मुद्दाको फैसलाको पूर्णपाठ हेर्दा कतै पनि सम्बन्धन दिनु भन्ने वाक्यांश र आशय छैन । बरु मापदण्ड र प्रक्रिया पूरा गरिसकेको भए लामो समय अनिर्णयको बन्दी बन्न नहुने उल्लेख गर्दै तत्काल निर्णय दिन आदेश भएको छ ।

‘निवेदकले सम्बन्धनका विषयमा यथासमयमै निर्णय नगरी राख्नु वैध अपेक्षाको विपरीत हुने हुनाले,’ फैसलामा भनिएको छ, ‘शैक्षिक सत्र सुरु हुनुअगावै सम्बन्धन दिने विषयमा कानुनबमोजिम निर्णय गर्नु भनी विपक्षीहरूका नाउँमा परमादेशको आदेश जारी गरिएको छ ।’

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया