Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले नेपालमा आयुर्वेदको विकास र विस्तारका लागि चीन सरकारले पूर्ण सहयोग गर्ने बताउनुभएको छ । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र अवलोकनका लागि कीर्तिपुर पुग्नुभएका उपप्रधानमन्त्री याङले आयुर्वेदको अनुसन्धानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

स्वास्थ्य सचिव किरण रेग्मीले नेपाल सरकार संघीयतामा गएपछि सातै प्रदेशमा आयुर्वेद अस्पताल निर्माण गर्ने लक्ष्य लिएको र त्यसका लागि चीन सरकारका तर्फबाट आबश्यक सहयोग गर्न उपप्रधानमन्त्री याङसँग आग्रह गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘‘नेपालका ८० प्रतिशत जनताको आयको स्रोत जडीबुटी भए पनि यसबारे ज्ञानको अभावमा अमूल्य जडीबुटी समय नहुँदै दोहन हुँदा ह्रास हुँदै गएकाले जनचेतनासहित उच्चस्तरको प्रविधियुक्त स्रोत संकलन र डिजिटलयुक्त पुस्ततकालय स्थापना गर्दैछौँ ।’

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा सिद्धार्थकुमार ठाकुरले आयुर्वेदको क्षेत्रमा अनुसन्धान गर्नु केन्द्रको एक मात्र उद्देश्य भएको बताउनुभयो ।
चीन सरकारले सन् २००९ मा ६८ करोड रुपैयाँको लगानीमा अनुसन्धानका सो केन्द्रको भवन निर्माण गरी सन् २०११ मा नेपाल सरकारलाई हस्तान्तरण गर्नुका साथै २४ करोड रुपैयाँ बराबरको चिकित्सा सम्बन्धी उपकरण पनि उपलब्ध गराएको छ ।

केन्द्रबाट हाल शल्य चिकित्सा, स्त्री, प्रसूति सेवा अर्बुद्ध रोग उपचार, अकुपञ्चर, रेडियोलोजी, प्याथोलोजीलगायतका सेवा प्रदान हुँदै आएको छ । अन्तरंग सेवाअन्तर्गत पञ्चकर्म, क्षारसुत्र सेवा, स्वस्थ्यत सेवा, कौमारभृत्य, योग तथा फिजियोथेरापी, एक्सरे, सिटी स्क्यान र टेलीमेडिसिनलगायतका सेवा सुरु हुने तयारीमा रहेको केन्द्रले जनाएको छ । रासस

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया