आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – तपाईं पनि डेस्कटप वा ल्यापटप खोल्ने बित्तिकै रिफ्रेश गर्न सुरु गर्नुहुन्छ ? यस्तो बानी धेरैको हुन्छ जो माउसलाई राइट क्लिक र रिफ्रेश गर्न सुरु गर्छन् । थुप्रै मानिसहरु लगातार यसो गर्छन् । तर के तपाईंले कहिले सोच्नुभएको छ, रिफ्रेश गर्दा केही असर हुन्छ कि हुँदैन ।

१० मध्ये ९ विन्डो प्रयोगकर्ता अत्यधिक रिफ्रेश गर्ने गर्दछन् । थुप्रैले रिफ्रेश गर्न आवश्यक भएपछि मात्र गर्दछन् तर धेरैजसो मानिसलाई रिफ्रेश गर्दा के हुन्छ, त्यसबारे थाहा नै हुँदैन । कसैले त रिफ्रेश देखासिकीकै भरमा पनि गर्ने गर्दछन् । केही मानिसलाई रिफ्रेश गर्दा यसले र्याम रिफ्रेश भइरहेको बुझ्छन् तर कसैलाई लाग्छ कि यसले कम्प्युटर फास्ट चल्ने पनि बताउँछन् ।

केही मानिसहरु कम्तीमा ३० सेकेन्डसम्म रिफ्रेश गरिरहन्छन् । धेरैजसोले भने ँछ बटन रिफ्रेशको शर्टकट अपनाउँछन् । थुप्रैले यो बटनलाई निकै बेरसम्म दबाइरहन्छन् ।

रिफ्रेश गर्दा कम्प्युटरमा के असर पर्छ ?

रिफ्रेश गर्दा डेस्कटपमा जुन आइकन हुन्छ त्यसमा केही हलचल पक्कै हुन्छ तर त्योभन्दा बढि केही पनि हुँदैन । यसले र्याम रिफ्रेश हुँदैन । रिफ्रेश गर्दा तपाईंको कम्प्युटर फास्ट पनि हुँदैन । डेस्कटप रिफ्रेश गर्दा कम्प्युटरको क्षमतामा वृद्धि पनि हुँदैन ।

त्यसो भए किन राखिन्छ रिफ्रेश बटन ?

रिफ्रेश टूल डेस्कटपको आइकनलाई रि–डिस्प्ले गर्नका लागि बनाइएको हो । यदि तपाईंले डेस्कटपको आइकनमा केही परिवर्तन गर्नुहुन्छ भने त्यो तत्काल देखिँदैन । यस्तोमा जब रिफ्रेश गर्नुहुन्छ भने सबै आयकन डेस्कटपमा देखिन्छ । यदि तपाईंको डेस्कटपमा आइकन छ भने यसलाई अल्फाबेटिकल्ली सेट गर्न सक्नुहुन्छ ।

सेट गरेपछि यदि कुनै नयाँ आइकन जोड्नुहुन्छ भने त्यो सबैभन्दा तल आउँछ । यस्तोमा जब तपाईं रिफ्रेश गर्नुहुन्छ भने नयाँ आइकन पनि त्यो क्रममा सेट हुने गर्दछ । यसका साथै रिफ्रेशको कुनै काम छैन ।

मानिसहरु लगातार किन रिफ्रेश गर्दछन् ?

विन्डो क्लबका अनुसार रिफ्रेश गरिरहने मानिसहरु कम्पल्सिभ डिसअर्डरबाट पीडित हुन्छन् । यस्ता मानिसहरु नचाहिने कुराको जाँच गरिरहन्छन् । यो बानी साधारण मानिसहरुमा मात्र नभई कम्प्युटर इन्जिनियरमा पनि हुन्छ । थुप्रै इन्जिनियर F5 बटनमा मोहित हुने गर्दछन् । विन्डो क्लबका अनुसार यो अबुझपनबाहेक केही होइन र यस्तो बानीलाई समाप्त गर्न आवश्यक छ । -एजेन्सी

तपाईको प्रतिक्रिया