शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट्सको ब्युरो अफ कन्सुलर अफेयर्सले शनिबार राति नतिजा सार्वजनिक गरेको हो ।

नतिजा हेर्न dvprogram.state.gov/ मा जानु पर्नेछ र आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नु पर्नेछ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका हो । नेपालस्थित अमेरिकी दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका हो ।

छनोट हुन सफल आवेदकलाई त्यसपछिको प्रक्रियाबारे जानकारी उक्त साइटमा नै उपलब्ध हुने बताइएको छ । दूतावासअनुसार दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोरा इमेलमार्फत पठाउँदैनन् ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

तपाईको प्रतिक्रिया