Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – कञ्चनपुरको पुर्नवास नगरपालिकाको मतगणना सम्पन्न भएको छ । आइतबार सम्पन्न मतगणनाको नतिजा अनुसार पुर्नवास नगरपालिकाको मेयर पदमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका मेयर उम्मेदवार जीवनराज थापाले ५ सय २१ मतान्तरले जित हात पार्नुभयो । उहाँले ६ हजार ७२ मत प्राप्त गरेको छ । उहाँका निकटतम् प्रतिद्वन्दी माओवादी केन्द्र र नेपाली कांग्रेसले बराबर मत ५ हजार ५ सय २१ मत प्राप्त गर्नु भएको छ ।  उपमेयरमा पनि नेकपा एमाले नै विजयी भएको छ ।

नेपाली कांग्रेसको पकड क्षेत्र मानिने र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम व्यवस्थापीका संसद सदस्य एनपी साउँदको निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हात पारेको हो । पुर्नवासको नगरपालिकाको जितसँगै नेकपा एमाले प्रदेश नम्बर सातमा पहिलो पार्टी बन्न सफल भएको छ ।

यसअघि नेपाली कांग्रेस र नेकपा एमालेले बराबर ३८ स्थानमा जित हात पारेकव थियो । अब नेपाली कांग्रेस ३८ स्थानमा सिमित रहँदा नेकपा एमालेले ३९ स्थानमा जित हात पारेको छ । यससँगै प्रदेश नम्बर ७ को सम्पूर्ण मतगणना सम्पन्न भइसकेको छ ।

तपाईको प्रतिक्रिया