Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शार्मा ओलीले अहिलेको सरकारको गठबन्धन लोभीपापिको गठबन्धन भएकाले जनताको पक्षमा काम नगर्ने बताउनु भएको छ । झापाको विर्तामोडमा आज आयोजित कार्यक्रममा उहाँले सत्तापक्षीय गठबन्धन मुलुकको हितमा भन्दा पनि क्षणिक स्वार्थका लागि बनेको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन यो महिनाभित्र संविधान संशोधन गरेर प्रदेश नम्बर २ को चुनाव हुन नदिने खेलमा लागेको आरोप समेत लगाउनु भएको छ । पटक पटक निर्वाचन सारेर सरकार निर्वाचन नगर्ने खेलमा लागेको भन्दै उहाँले राजपाको निहुमा सरकार आफैले निर्वाचन नगर्ने खेल खेलेको आरोप लगाउनुभयो ।

अहिलेसम्म चुनाव भएका केही स्थानका परिणाम आउनमा ढिलो हुनुमा एमालेले जित्दैछ भनेर अन्य दलले ढिलासुस्ती गरेको उहाँको भनाई छ । एमालेका विरुद्ध जस्तासुकै षड्यन्त्र गरिएपनि त्यो सफल नहुने भन्दै स्थानीय तह चलाउन निष्ठालाई नविर्सिन समेत नवनिर्वाचित जनप्रतिनिधिलाई सचेत रहन निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया