Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – स्थानीय तह दोस्रो चरणमा गत असार १४ गते निर्वाचन भएका ३ सय ३४ स्थानीय तह मध्ये ३ सय ३० वटाको मत परिणाम सार्वजनिक भइसकेको छ । अब ४ वटा स्थानीय तहको मात्र मत परिणाम सार्वजनिक हुन बाँकी छ ।

मोरङको विराटनगर महानगरपालिका, सुनसरीको धरान उप–महानगरपालिका, झापाको अर्जुनधारा नगरपालिका र कञ्चनपुरको पुर्नबास नगरपालिकाको नतिजा आउन बाँकी छ । नतिजा सार्वजनिक भएका स्थानीय तह मध्ये एमालेले प्रदेश नम्बर १ का ६७, ५ का ४३ र ७ का ३८ गरी १ सय ४८ वटामा विजयी हासिल गरेको छ । यस्तै एमालेले प्रदेश नम्बर १ का २ र ७ का १ गरी ३ वटा स्थानीय तहमा अग्रता बनाएको छ ।

नेपाली कांग्रेसले प्रदेश नम्बर १ का ५०, ५ का ३३ र ७ का ३८ गरी १ सय २१ स्थानीय तहमा जीत हासिल गरेको छ भने माओवादी केन्द्रले प्रदेश नम्बर १ का ९, ५ का १९ र ७ का १० गरी ३८ स्थानीय तहमा जीत निकालेको छ । अन्य दलले विभिन्न १९ वटा स्थानीय तहमा विजय हासिल गरेका छन् । यस्तै राप्रपाले ४ वटा स्थानीय तहमा जीत निकालेको छ ।

यसैबीच दोस्रो चरणको निर्वाचनमा मतदान सम्पन्न भएको एउटा मात्र विराटनगर महानगरपालिकामा कांग्रेसले अग्रता बनाएको छ । धरान उप-महानगरपालिका, पुर्नबास नगरपालिका र अर्जुनधारा नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

तपाईको प्रतिक्रिया