Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेसले विजयी हाँसिल गरेको छ । मेयरमा नृप वड र उपमेयरमा सुशीला भट्ट विजयी हुनु भएको हो ।
मतगणनाको सुरुवातमा अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई हराउँदै मेयरमा वडले जित्नु भएको हो । उहाँले १४३२४ मत प्राप्त गर्नु भयो भने हमालले ११ हजार ५ सय २७ मत ल्याउनु भयो ।
उपमेयरमा विजयी भट्टले १७४०८ मत पाउनु भएको छ भने उहाँको निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवारले १२७६३ मत ल्याउनु भएको थियो । उपमहानगरपालिकामा कांग्रेसको यो पहिलो जित हो ।

तपाईको प्रतिक्रिया