Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

विराटनगर – मोरङको धनपालथान गाउँपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ ।
। काँग्रेसका अध्यक्ष पदका उम्मेदवार हरिलाल सिंह पाँच हजार १८७ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत टोलराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मुसहरु मण्डलले चार हजार ८२५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपाध्यक्षमा काँग्रेसकी नसिमा बानो चार हजार ६३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उपासी राजवंशीले चार हजार ४२१ मत प्राप्त गर्नुभएको छ ।
उक्त गाउँपालिकामा १७ हजार ३२६ मत खसेकामा १५ हजार ३०८ मत सदर भएको थियो । अध्यक्ष पदमा दुई हजार १८ मत बदर भएको थियो ।

तपाईको प्रतिक्रिया