Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – कन्चनपुरको सदमुकाम महेन्द्रनगरस्थित भिदत्त नगरपालिकामा एमालेले बिजयी भएको छ । जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाको मेयरमा एमालेका सुरेन्द्र विष्ट ११ हजार ८३१ मत प्राप्त गरी बिजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पदम बोगटीले ११ हजार ६२७ मत प्राप्त गर्नुभयो ।

उपमेयरमा भने कांग्रेसकी सुशीला सिंहले ११ हजार ६६५ मत प्राप्त गरी बिजयी हुनु भएको छ ।  कन्चनपुरका ९ स्थानीय तहमध्ये अब पुनर्वास नगरपालिकाको मात्र मतपरिणाम आउन बाँकी छ । पुनर्वासमा एमालेले फराकिलो अग्रता लिइरहेको छ । ०९ मध्ये कांग्रेसले २ र माओवादीले दुई स्थानीय तह जितेका छन् भने एमालेले ४ स्थानीय तह जिति सकेको छ ।

२०७० सालको संविधानसभामा कन्चनपुरका ४ ओटै निर्वाचन क्षेत्र जितेको कांग्रेसका लागि स्थानीय तहको चुनावी परिणाम सुखद हुन सकेन । जिल्लामा एकछत्र जित हासिल गर्ने अपेक्षा राखेको कांग्रेस माओवादीसँग बराबरी हैसियतमा खुम्चिएको छ भने एमालेले बहुमत सिट जितेको छ ।

तपाईको प्रतिक्रिया