Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – स्थानीय तह/दोस्रो चरणमा निर्वाचन भएका ३ वटै प्रदेशमा एमालेले अग्रता बनाएको छ । १ र ५ नम्बर प्रदेशमा कंग्रेसलाई पछि पारेको एमालेले ७ नम्बर प्रदेशमा पनि उछिनेको हो ।

मतगणना अन्तिम चरणमा पुग्दा ७ नम्बर प्रदेशमा एमाले र कंग्रेस दुबैले समान ३७ स्थानीय तहमा जित हात पारेका छन् । गणना भईरहेका ७ नम्बर प्रदेशका ३ मध्ये २ स्थानीय तहमा एमाले अगाडी छ । बाँकी १ स्थानमा माओवादी केन्द्र अगाडी छ ।

१ नम्बर प्रदेशका ६५ र ५ नम्बरमा ४३ स्थानीय तहमा जित हात पारेको एमाले दोस्रो चरणमा पनि पहिलो पार्टी बनेको हो । कंग्रेसले १ नम्बर प्रदेशका ४८ र ५ का ३३ स्थानीय तहमा जित हासिल गरेको छ । माओवादी केन्द्र तीनै प्रदेशमा तेस्रो भएको छ ।

हालसम्म एमालेले १ सय ४५ स्थानमा जित निकाल्दा कंग्रेस १ सय १८ र माओवादी केन्द्र ३८ स्थानमा बिजयी भएका छन् । अन्य उम्मेदवार १८ स्थानीय तहको नेतृत्वमा पुग्दा राप्रपाले ४ स्थानमा जित हात पारेको छ । दोस्रो चरणमा निर्वाचन भएका ३ सय ३४ स्थानीय तहमध्ये १२ स्थानीय तहको मतपरिणाम आउन बाँकी छ ।

 

तपाईको प्रतिक्रिया