Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

मोरङ – मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसका मेयरका उम्मेदवार भिम पराजुलीले १३ हजार २ सय ९१ मतका साथ अग्रता कायम राख्नुभएको हो ।

उहाँलाई एमालेका मेयरका उम्मेदवार विनोद प्रसाद ढकालले १० हजार ३३ मतका साथ पछ्याई रहनुभएको छ । संघीय समाजवादी फोरमका उमेश कुमार यादवको भने १० हजार ४ मत ल्याउनुभएको छ। त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै अग्रता छ ।

नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार इन्दिरा कार्की (इन्दु) ले ११ हजार ४ सय ९७ मतसहित अग्रता कायम गर्नु भएको हो । उहाँलाई माओवादी केन्द्रकी नमिता न्यौपानेले ६ हजार ८ सय १२ मतसहित पछ्याई रहनुभएको छ ।

लोकतान्त्रिक फोरमी सूची चौधरीले भने ६ हजार ४ सय ३० मत ल्याउनुभएको छ ।  यहाँ एमाले र नेपाल लाकतान्त्रिक फोरम तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबिच तालमेत भएको हो ।

तपाईको प्रतिक्रिया