Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

काठमाडौं – दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ११९ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ ।
सो निर्वाचन यही असार १४ गते तीन प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो । निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी०का अनुसार हालसम्म २८ जिल्लाका सबै स्थानीय तहको मतगणना पूरा भएको छ । अहिले सात जिल्लाका १५ स्थानीय तहमा मतगणना जारी छ ।
झापाका चार, मोरङका तीन, सुनसरी, उदयपुर र कञ्चनपुरका दुई दुई तथा रुपन्देही र कैलालीका एक एक स्थानीय तहमा मतगणना जारी छ । पछिल्लो समय कुनै पनि स्थानीय तहको मतगणना स्थगन नरहेको केन्द्रले जनाएको छ । आज अपराह्न ५ः४५ बजेसम्मको मतगणनानुसार नेकपा (एमाले) १४३, नेपाली काँग्रेस ११७, नेकपा (माओवादी केन्द्र) ३७, सङ्घीय समाजवादी फोरम नेपाल सात, नेपाल लोकतान्त्रिक फोरम छ, राप्रपा चार, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार तीन स्थानमा स्थानीय तहको प्रमुख-अध्यक्षमा निर्वाचित भएको आयोगले जनाएको छ ।
दोस्रो चरणमा ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् । सो निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया