Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

मोरङ – मोरङको रंगेली नगरपालिकाको मेयर तथा उपमेयरमा माओवादी केन्द्रका उम्मेदवारले जितेका छन् । रंगेलीको मेयर तथा उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार दीलिप अग्रवाल र केशकुमारी खनाल विजयी हुनु भएको हो ।
मेयरका उम्मेदवार दीलिप अग्रवाल ’बगडिया’ ले ८ हजार ६८ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका मोदराज घिमिरेले ६ हजार १ सय ८६ मत प्राप्त गर्नुभयो ।
उपमेयरमा माओवादी केन्द्रकी केशकुमारी खनाल ५७२० मत प्राप्त गर्दै विजयी हुनु भयो भने कांग्रेसकी राधादेवी मण्डलले ५७०८ मत प्राप्त गर्नु भएको छ । माओवादी केन्द्रकी खनालले १२ मतले जितेपछि कांग्रेस प्रतिनिधिले पुनः मतगणनाको माग राखेको छ ।

तपाईको प्रतिक्रिया