Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

दाङ – दाङको तुल्सीपुर उपमहानगरपालिकामा एमाले विजयी भएको छ । एमालेका मेयरका उम्मेदवार घनश्याम पाण्डेय २२ हजार ८ सय ५७ मत ल्याएर विजयी हनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपालीका कंग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत ल्याउनुभएको छ । माओवादी केन्द्रका शेशुराम भण्डारीले भने ८ हजार ६ सय ९३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपमेयरमा पनि एमाले विजयी भएको छ । एमालेकी मेयरका उम्मेदवार माया आचार्यले २१ हजार ३७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी देवका नेपालीले २० हजार १ सय ८५ मत ल्याउनुभएको छ ।

माओवादी केन्द्रकी सीता वलीले भने ९ हजार ५१ मत प्राप्त गर्नुभएको छ ।  १९ वडा रहेको उपमहानगरपालिकामा १० वटा वडामा नेपाली कांग्रेस र ९ वटा वडामा एमाले विजयी भएको छ ।

तपाईको प्रतिक्रिया