Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा नेपाली कांग्रेस विजयी भएका छन् । एमाले उम्मेदवार लुटबहादुर रावत ९ हजार ७ मत प्राप्त गरी मेयरमा विजयी हुनुभएको हो । उहाँका निकट्तम प्रतिद्वन्दी कांग्रेसका भानुभक्त भट्टराईले ८ हजार ९२४ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपमेयरमा कांग्रेसका सञ्जु चौधरी १० हजार ५६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकट्तम प्रतिद्वन्दी एमालेका कृष्ण थारुले ९ हजार ३ सय ७९ मत प्राप्त गर्नुभयो ।  बाँकेका ८ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । ८ तह मध्ये चार तहमा नेकपा एमाले, २ तहमा नेपाली कांग्रेस , १ तहमा राप्रपा र १ तहमा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एमाले विजयी
कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेकपा एमाले विजयी भएको छ । मेयरका एमालेका कर्ण बहादुर हमाल ६७०६ मत ल्याएर विजयी हुनुभयो ।
उहाँका प्रतिद्वन्दी माओवादिका जोगराम चौधरीले ५७५४ मत पाउनुभयो ।

यस्तै उपमेयरमा एमालेकी रमिता कुमारी राना ७०१८ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिद्वन्दी कांग्रेसका भुवनेश्वरी जोशीले ५९२८ मत पाउनुभयो ।

तपाईको प्रतिक्रिया