Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – चारदेखि स्थागित भएको पुनर्वासको मत गणना आजबाट सुरु हुने भएको छ । सबै वडाको मत पुनः गणना गर्नुपर्ने दलहरुको मागलाई निवार्चन आयोगले स्वीकृति दिएपछि सर्वदलीय बैठकले स्थगित मत गणना बुधबारबाट सुरु गर्ने निर्णय गरेको हो ।

सबै वडाको मत पुनः गणना गर्नुपर्ने दलहरुको मागअनुसार निर्वाचन आयोग तयार भएपछि स्थागित मत गणना अाज दिउँसोबाट सुरु हुने सर्वदलीय बैठकमा सहभागी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता भीम बहादुर दाहालले जानकारी दिनुभयो । उहाँले आयोगको पत्र आउन केहि समय लाग्ने भएकाले दिउँसो मतगणना सुरु गरिने बताउनुभयो ।

यसअघि, निर्वाचन आयोगले विवादित १ र ५ नम्बर वडामा पुनः मतगणना गर्ने र घोषणा गरिएका बाहेक अन्य वडामा मतगणना जारी राख्ने निर्णय गरेको थियो । तर, आयोगको निर्णयलाई दलहरुले अस्वीकार गर्दै सर्वदलीय बैठक बहिस्कार गरेका थिए । मतगणना गर्दा कर्मचारीले अनियमितता गरेको भन्दै दलहरुले सबै वडाको मत पुनः गणना गर्नुपर्ने, मतगणनामा खटाईका कर्मचारी परिवर्तन गर्नुपर्ने र मत गणना स्थलमा सिसी टिभीको व्यवस्था गरिनुपर्ने माग समेत राखेका थिए ।

विवाद पछि मतगणना स्थलमा ४ वटा सिसी टिभी जडान गरिएको छ भने निर्वाचन अधिकृत पनि फेरिएको छ । मतगणनामा कर्मचारीको लापरवाही रहेको भन्दै दलहरुले निर्वाचन अधिकृतलगायत अन्य कर्मचारी फेर्नुपर्ने माग राखेका थिए । सोही अनुसार निर्वाचन अधिकृत रमेश गौतमको ठाँउमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले टेक कुमार रेग्मीलाई पुनर्वासको पनि जिम्मेवारी दिएको छ ।

तपाईको प्रतिक्रिया