Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । कांग्रेसका मेयरका उम्मेदवार भिम पराजुलीले १० हजार ३ सय २० मत ल्याएर अग्रता कायम राख्नुभएको हो । उहाँलाई एमालेका उम्मेदवार विनोद प्रसाद ढकालले ७ हजार ४ सय ५१ मतका साथ पछ्याई रहनुभएको छ ।

संघीय समाजवादी फोरम नेपालका उमेश कुमार यादवले भने ५ हजार ७ सय १४ मत ल्याउनुएको छ । उपमेयरमा पनि नेपाली कांग्रेसकी इन्दिरा कार्की ९इन्दु० ले ८ हजार ६ सय ७४ मत सहित अग्रता कायम गर्नुभएको छ । उहाँलाई नेपाल लोकतान्त्रिक फोरमकी सूचि चौधरीले ४ हजार ५ सय ५ मत सहित पछ्याई रहनुभएको छ ।

माओवादी केन्द्रका नमिता न्यौपानेले भने ४ हजार ४ सय ८१ मत ल्याउनुभएको छ ।  विराटनगरमा एमाले र लोकतान्त्रिक फोरम तथा माओवादी र संघीय समाजवादी फोरमबिच तालमेल छ ।

तपाईको प्रतिक्रिया