Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

कपिलवस्तु – कपिलवस्तुको वाणगंगा नगरपालिकाको मेयरमा कांग्रेस विजयी भएको छ । कांग्रेसका मंगलप्रसाद थारु १५ हजार ७ सय ३८ मतसहित मेयरमा विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी एमालेकी विमला घिमिरेले १५ हजार ३ सय १९ मत पाउनुभयो । उपमेयरमा भने एमालेका चक्र अर्याल  १५ हजार ९ सय ४७ मतसहित विजयी हुनु भएको छ ।

प्रतिद्वन्द्वी माओवादी केन्द्रका टोपनारायण बेल्वासेले १२ हजार ३ सय ५६ मत ल्याउनु भयो । यो नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो ।

तपाईको प्रतिक्रिया