Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

मोरङ  – मोरङको सुनवर्षी नगरपालिकामा कांग्रेस विजयी भएको छ । कांग्रेसका कालीप्रसाद दासले ५ हजार ४ सय ७३ मत ल्याएर मेयरमा  जित्नुभएको हो । माओवदी केन्द्रका श्याम राजवंशीले ३ हजार ८ सय ८४ मत पाउनुभयो ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसकी मन्जुकुमारी राईले ६ हजार १ सय ९३ मत सहित उपमेयर जित्नु भएको छ । उहाँको निकटतम प्रतिद्वन्न्वी एमालेकी मिरादेवी दासले ४ हजार १ सय ७१ मत ल्याउनुभयो ।

मोरङ बेलबारी नगरपालिकामा भने एमाले विजयी भएको छ । एमालेका ज्ञानेन्द्र सुवेदी १० हजार ७ सय ८४ मत ल्याएर विजयी हुनुभयो । कांग्रेसका राजकुमार लिम्बुले १० हजार ५ सय ८३ मत पाउनुभयो ।

उपमेयरमा एमालेकी ढाकाकुमारी पराजुली ११ हजार ३ सय २२ मतसहित विजयी हुनुभयो ।  उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रुक्मिणी धिमालले १० हजार ९ सय २२ मत पाउनुभयो ।

तपाईको प्रतिक्रिया