Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – राष्टिय जनता पार्टीले आज निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिने भएको छ । दल दर्ताका लागि आवश्यक संपुर्ण प्रक्रिया पुरा भईसकेको राजपाका नेता मनिष सुमनले  जानकारी दिनुभयो ।

उहाँले पार्टीहरु एकिकरण भएको सुचना सहित दर्ताका लागि आज निवेदन दिने तयारी भईहेको बताउनु भयो । दर्ताका लागि पार्टीको घोषणापत्र, विधान, लोगो, झण्डा, छाप आदीको टुंगो लागि सकेको उहाँले जानकारी दिनुभयो ।

राजपाको घोषणापत्र र विधानमा समतामुलक समाज निर्माण गर्ने पार्टीको मुख्य लक्ष्य रहन उल्लेख गरिएको छ । मधेशमा दुई प्रदेश बनाउनु पर्ने अवधाणा पनि घोषणा पत्रमा समेटिएको नेता सुमनले बताउनु भयो ।

स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरण बहिष्कार गरेको राजपाले असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दल दर्ता प्रक्रिया अघि बढाउन लागेको बताइएको छ ।

तर राजपा नेताहरूले यथास्थितिमा चुनावमा भाग लिनका लागि नभई औपचारिक प्रक्रिया र्पुयाउन मात्रै दल दर्ता गर्न लागेको जिकिर गरेका छन् । उनीहरूले आफ्ना माग सम्बोधन नहुन्जेल असोज २ को स्थानीय चुनावमा भाग नलिने दाबी गरेका छन् ।

उहाँले एमालेसँगको संबादहिनतालाई अन्त्य गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राजपाका नेताहरुको छलफल गराउनेप्रयास गरिरहेको पनि जानकारी दिनुभयो ।

आफुले विगतमा गरेको व्यवहारप्रति एमाले नेताहरुले आत्मालोचना गरेकाले एमालेलाई संविधान संशोधन, क्षतीपुर्ति लगायतका विषयमा सहमत गराउने प्रयास भईरहेको उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया