Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – प्रदेश नम्बर १ को एक महानगरपालिकामा कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा भइरहेको छ । थोरै मात्र मत अन्तरले दुई पार्टी बीच प्रतिस्पर्धा देखिएको छ ।

विराटनगर महानगरपालिकलाको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले २ सय ८८ मतले अग्रता कायम गरेको छ । कांगे्रसका भीम पराजुलीले ३ हजार ३ सय ४५ मत पाउनु भएको छ भने एमालेका विनोद ढकालले ३ हजार ५७ मत प्राप्त गर्नु भएको छ ।

यस्तै संघीय समाजवादी फोरमका उमेश यादवले २ हजार २० मत प्राप्त गर्नु भएको छ । त्यस्तै उपमेयरमा पनि कांग्रेसले अग्रता कायम नै राखेको छ ।  कांंग्रेसका इन्दिरा कार्कीले २ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएको छ, त्यस्तै लोकतान्त्रिक फोरमकी सूचि चौधरीले १ हजार ३ सय ४६ मत प्राप्त गर्नु भएको छ भने माओवादीकी नमिता न्यौपानेले १ हजार ४ सय ४६ मत पाउनु भएको छ ।

यस्तै सुनसरीको इटहरी उपमहानगरपालिकामा १ सय २९ मतले एमालेले कांग्रेसलाई पछि पारेको छ । सुरुदेखि नै कांग्रेसले लिएको अग्रता तोड्दै आइतबार बिहानदेखि एमालेका मेयर उम्मेदवार द्धवारीक चौधरीले अग्रता लिनु भएको हो ।

पछिल्लो मत परिणाम अनुसार उहाँले ५ हजार ४ सय ३३ मत पाउनु भएको छ । नेपाली कांग्रेसका मेयरका उम्मेदवार रोहित प्रसाईंको ५ हजार ३ सय ४ मत आएको छ ।  उपमयेरमा पनि एमालेकी लक्ष्मी गौतमको झिनो अग्रता छ ।

गौतमको ५ हजार २ सय ९५ र कांग्रेसकी बिमला शिवाकोटीको ५ हजार २ सय ७२ मत छ ।  धरान उपमहानगर पालिकामा पनि शनिबार बेलुकादेखि एमालले अग्रता लिएको छ । बराह नगरपालिकामा पनि एमालले अग्रता लिएको छ ।

तपाईको प्रतिक्रिया